ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंकको खाद्य सामग्री सहयोग

२०७८ पौष, ३०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बानेश्वरस्थित संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री उपलब्ध गराएको छ । केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा बैंकको बानेश्वर शाखा प्रबन्धक विकास रावलले खाद्य सामग्री केन्द्रका प्रमुख कृष्णबहादुर गुरुङलाई हस्तान्तरण गरे । केन्द्रले हाल ४० अनाथ बालबालिकाको संरक्षण गर्दै आएको छ ।

खाद्य सामग्री वितरणले केन्द्रमा रहेका बालबालिकालाई सहयोग पुग्ने रावलले बताए । कार्यक्रममा केन्द्रका प्रमुख  गुरुङले बैंकबाट प्राप्त सहयोगले संस्था सञ्चालनमा टेवा पुग्ने धारणा व्यक्त गरे । बैंकले हाल १०३ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement