ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

२०७८ पौष, ३०  
लुम्बिनी प्रदेश
NA

कपिलवस्तु । भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किनेको संख्या पुनः बढेको छ । कपिलवस्तुको कृष्णनगर नाका हँुदै नेपाल प्रवेश गर्नेको संख्या दोब्बरले वृद्धि भएको हो । नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण सुरु भएको छ । कोरोनाको दोस्रो लहरमा भारतसँग जोडिएको सीमा क्षेत्रमा निर्माण सुरु भएको होल्डिङ सेन्टर अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।     

यात्रुलाई लक्षित गर्दै निर्माण गरिएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाद्वारा निर्माण भएको उक्त होल्डिङ सेन्टरमा कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट प्रवेश गर्नेलाई सुरक्षित राखिने बताइएको छ । कृष्णनगर नगरपालिका–१ शिवा नगरमा रहेको ४०० शय्याको होल्डिङ सेन्टर पुसभित्र सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।     

भन्सार नाका नजिकै ६०० शय्या क्षमताको होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । ‘एउटा निर्माणको काम पूरा भएको छ, अर्को होल्डिङ सेन्टर छिटो निर्माणका लागि तोकेता गरेका छौं’, पाण्डेले भने, ‘पहिला निर्माणको काम पूरा गरौं । अहिले भर्खरै सञ्चालन गर्ने अवस्था छैन ।’   
 
गत असार ३ गतेदेखि सुरु गरिएको निर्माण पाँच महिनाभित्र सम्पन्न गर्ने भनिए पनि बर्खाका कारणले केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । अबको केही दिनमै काम सम्पन्न भएपछि उक्त स्थानबाट सेवा सञ्चालन गर्ने सकिने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप साहले बताए । उक्त होल्डिङ सेन्टर निर्माणका लागि २७ करोड ६७ लाख ८२ हजार ५३५ मा हनुमान कन्स्ट्रक्सन ललितपुरले जिम्मा लिएको छ ।     

सञ्चालनमा अन्योल     
होल्डिङ सेन्टर निर्माण पूरा भए पनि सञ्चालनमा अन्योल देखिएको छ । अहिलेसम्म सरकारले सेन्टर सञ्चालनका लागि कसैलाई जिम्मा नदिँदा अन्योल देखिएको हो । होल्डिङ सेन्टर सञ्चालनका लागि अहिलेसम्म केन्द्रबाट कुनै पनि निर्णय नआएको प्रजिअ पाण्डेको भनाइ छ । होल्डिङ सेन्टर निर्माण गरिएको छ । यसलाई व्यवस्थापन कुन निकायले गर्ने भन्ने विषयमा निर्णय भएको छैन’, पाण्डेले भने, ‘सीमा क्षेत्रमा रहेको चुनौतीका बीच सञ्चालन गर्नुपर्ने हुन्छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्