ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

मेरिङदेन साक्षर गाउँपालिका घोषित

२०७८ पौष, ३०  
प्रदेश ०१
NA

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । बिहीवार गाउँपलिकाले एक कार्यक्रम गरी साक्षर गाउँपालिका घोषणा गरेको हो । नेपाल सरकारले तोकिएको सबै मापदण्ड पूरा भएका कारण मेरिङदेनलाई साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाले जानकारी दिएको छ । नेपाल सरकारको साक्षर गाउँपालिका, नगरपालिका तथा जिल्लाको घोषणाका लागि तयार गरिएको अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ बमोजिम मेरिङदेन गाउँपालिकामा ९५ दशमलव ३९ प्रतिशत जनसंख्या साक्षर भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका शिक्षा अधिकृत भीमप्रसाद पौडेल बताए ।   

पौडेलका अनुसार गाउँपालिकाभरि १५ वर्षदेखि ६० वर्ष उमेरसमूहका ८ हजार ७९६ जनसंख्यामध्ये ८ हजार ३९१ साक्षर भई अहिले ४०५ जनामात्र निरक्षर रहेको छन् । निरक्षरताको प्रतिशत ४ दशमलव ६१ मात्र रहेको पौडेलले बताए । १५ वर्षदेखि ६० वर्ष उमेरसमूहका ४ हजार १९० महिलामध्ये ३ हजार ८७६ अर्थात् ९२ दशमलव ९९ प्रतिशत साक्षर रहेका छन् । यस्तै यो समूहका ४ हजार ६०६ पुरुषमध्ये ४ हजार ५२४ अर्थात् ९८ दशमलव २२ प्रतिशत साक्षर भएको गाउँपालिकाले जानकारी दिएको छ ।   

पालिकाले गत साउनसम्ममा सङ्कलन गरेको तथ्याङ्कमा १५ देखि ६० वर्ष उमेरसमूहका ५८० महिला र २४४ पुरुष गरी कुल ८२४ निरक्षर रहेका थिए । त्यस समयमा निरक्षरताको प्रतिशत ९ दशमलव ३७ प्रतिशत रहेको थियो । त्यस बेला यो समूहका ९० दशमलव ६३ प्रतिशत मात्र साक्षर देखिएका थिए । साउनदेखि पुससम्ममा ४ दशमलव ६१ प्रतिशत निरक्षरतामा झारेको गाउँपालिकाले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्