ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

व्यवसायीलाई तालीम

२०७८ पौष, ३०  
गण्डकी प्रदेश
NA

पोखरा । पोखराका लघु, घरेलु तथा साना व्यवसायीलाई लक्षित गरी लेखा व्यवस्थापन र लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी दुईदिने तालीम दिइएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघ सहआयोजनामा गरिएको तालिममा लेखा व्यवस्थापनमा ५० जनाको सहभागिता थियो । लेखा चुस्त–दुरुस्त राख्न नसक्दा बेहोर्नुपर्ने हैरानी र घाटाबाट व्यवसायीलाई मुक्त गराउने उद्देश्यका साथै गुणस्तरीय उत्पादनलाई लक्ष्य गरी तालिम आयोजना गरिएको हो । तालिममा दोहोरो लेखा प्रणाली तथा लेबलिङ र प्याकेजिङ कसरी गर्ने भन्नेबारे जानकारी दिइएको थियो ।

लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत ऋषिराम पंगेनीले लेखा प्रणाली चुस्त राख्न र प्रतिस्पर्धी बजारमा टिक्न तालिम फलदायी बन्ने विश्वास व्यक्त गर्दै उत्पादन र उत्पादकत्व वृद्धि सहयोग पुग्ने बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले लेखा चुस्त नराख्दा भोग्नुपर्ने दण्ड–जरिवानाबाट बचाउन तालिम उपयोगी बन्ने बताए । प्रतिस्पर्धी बजार प्रवेशका लागि आकर्षक लेबलिङ र प्याकेजिङ पहिलो शर्त भएको उनले बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छे, तालिमका सहभागी तथा उद्यमी सुनयना पालिखे, प्रशिक्षार्थी लालप्रसाद ढकाललगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न जरुरी भएको धारणा राखे । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्