ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

रावाबै र नेबैलिको पूँजीकोष नसुध्रने

२०७८ पौष, ३०  
१० वर्ष अघि
NA

नेपाल बैंक र वाणिज्य बैंक बैंकको ऋणात्मक पूँजीकोष तत्काल नहट्ने भएको छ । नेपाल राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएका यी दुवै बैंकको नेगेटिभ नेटवर्थ घटाउने बारेमा वित्तीय सुधार कार्यक्रममा समेत लक्ष्य राखिएको छ हाल नेपाल बैंकको ऋणात्मक पूँजीकोष रू. ४ अर्ब ८६ करोड र वाणिज्य बैंकको रू. १२ अर्ब ३१ करोड छ । प्रत्येकको लागि राष्ट्र बैंकको निर्देशन अनुसार पठाउनुपर्ने रू. २ अर्ब चुक्ता पँुजीसमेत जोड्दा यी बैंकहरूको पूँजीकोष धनात्मक बनाउन रू. २१ अर्ब लाग्छ ।

पूर्ण सरकारी स्वामित्वको वाणिज्य बैंक र अर्ध स्वामित्वको नेपाल बैंकलाई सरकारले तत्काल यति ठूलो रकम लगानी गर्नसक्ने अवस्था नभएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकाले लगानी गर्न नसक्ने अवस्थामा अन्य विकल्पबारे छलफल हुने राष्ट्र बैंकको प्रवक्ता गोपालप्रसाद काफ्लेले जानकारी दिए । ‘यसका लागि छलफल प्रक्रिया अगाडि बढेको छ’ उनले भने ।

खराब व्यवस्थापनका कारण घाटामा गएपछि वित्तीय सुधार कार्यक्रम अन्तर्गत ७ वर्षअघि दुवै बैंकलाई राष्ट्रबैंकले आफ्नो व्यवस्थापन अन्तर्गत सञ्चालन गर्दै आएको छ । विकल्पमा जानेबारे अहिल्यै केही भन्न नसकिने प्रवक्ता काफ्ले बताउँछन् । ‘पूँजीवृद्धिको लागि धेरै पक्षसँग छलफल आवश्यक पर्ने हुँदा तत्काल निर्णय हुन गाह्रो छ,’ काफ्ले बताउँछन् । यसका लागि शेयर तथा ऋणपत्र जारी गर्ने, साझेदार लिने वा ऋण लिन सकिने बताइएको छ ।

वर्ष ५ अंक ४९, २०६७, साउन २४–३०

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement