ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

ग्रीनलाईफ हाइड्रोपावर १२ औं वार्षिक साधारण सभा माघ २१ गते

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २९, काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको १२ औं वार्षिक साधारण सभा माघ २१ गते हुने भएको छ । आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने सो सभामा भर्चुअल माध्यमबाट पनि  सहभागी हुन सक्ने व्यवस्था गरेको छ ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट ५ जना तथा सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस अनुसार माघ ८ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्