ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

गर्मी शुरु नहुँदै सस्तोमा फ्रिज किन्न चाहनुहुन्छ ? यी हुन् १० हजारमै पाइने ब्राण्डेड फ्रिज

२०७८ पौष, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । के तपाईं फ्रिज किन्ने सोचमा हुनुहुन्छ ? हो भने यो समय तपाईंका लागि उपयुक्त समय हुनसक्छ ।

जाडो मौसम अन्त्यतिर आइसकेकोले यतिबेला गर्मीको लागि चाहिने सामान जोड्दा तपाईंले सोचेभन्दा धेरै नै सस्तो मूल्यमा सामान पाउन सक्नु हुन्छ ।

उसो त जाडो मौसममा पनि फ्रिज नभइ नहुने इलेक्ट्रिक उपकरण नै हो । तर सामान्य मानिसहरुले भने गर्मी मौसमको बेलामा फ्रिजको प्रयोग बढी गरेको पाइन्छ ।

त्यसैकारण गर्मी सिजनमा २० हजार पर्ने फ्रिज यतिबेला १५ हजारमा र १५ हजार पर्ने फ्रिज १० हजार रुपैयाँमै किन्न सकिन्छ ।

अहिले बजारमा ब्राण्डेड कम्पनीकै फ्रिज/रेफ्रिजेरेटरहरु १० हजार रुपैयाँदेखि नै  किन्न पाईन्छ ।  

पानासोनिक, बिको, सिजी, एलजी, सामसङ,  गोदरेज लगायत धेरै कम्पनीका फ्रिज, फ्रिजर, चेस्ट फ्रिजर, फ्रस्ट फ्रि फ्रिज लगायतका फ्रिजहरु बजारमा छन । जसको मूल्य १० देखि २० हजार रुपैयाँको बीचमा रहेको छ । 

यी  फ्रिज तथा रेफ्रिजेरेटरहरु क्षमता, विद्युत खपत क्षमता र सुविधाहरू हेरेर आफ्नो ईच्छा र आवश्यक्ता अनुसार छनौट गर्न सकिन्छ । 

बिभिन्न कम्पनीहरुले अनलाइन मार्फत विक्री बितरण गर्दै आएका छन् । सिंगल-डोर, डबल-डोर, ट्रिपल-डोर, साइड-बाई-साइड, पोर्टेबल फ्रिजर र फ्रिजहरु बिक्री गरिरहेका छन् ।

ग्रहाकको क्रयशक्ती हेरेर सोहि अनुसारका सामाग्री बजारमा रहेका छन् । लागत कम गर्न र बिजुली बचत गर्न ऊर्जा किफायती उत्पादनहरू खरिद गर्दा राम्रो हुन्छ ।

बजारमा अहिले सनसुई ब्राण्डको रेफ्रिजेरेटर १० हजार ८ सय रुपैयाँ मै किन्न पाइन्छ । २ वर्ष वारेन्टी भएको ५० लिटर क्षमताको यो फ्रिज सामान्य आम्दानी भएका व्यक्तिका लागि आकर्षक हुन सक्छ । सनसुइकै ६० लिटरको फ्रिजको मूल्य जम्मा ११ हजार रुपैयाँ छ । यो होटल तथा रेष्टुरेन्टका लागि उपयुक्त हुने कम्पनीको भनाई छ ।

यसुदाको ६० लिटर क्षमताको फ्रिजको मूल्य पनि ११ हजार रुपैयाँ नै तोकिएको छ । त्यस्तै ८० लिटरको फ्रिजको मूल्य १४ हजार रुपैयाँ तोकिएको छ । घरयासी तथा होटल रेष्टुरेन्ट दुवैतर्फको लागि यो फ्रिज उपयुक्त हुन सक्छ । कम्पनीले ११ देखि १५ हजार रुपैयाँ सम्मका धेरै फ्रिजहरु बजारमा ल्याएको छ ।

सिजीका रेफ्रिजेरेटरहरु न्युनतम १४ हजार रुपैयाँबाट किन्न पाईन्छन् । सिजीको सिंगल डोर ५० लिटरको फ्रिजको मूल्य १४  हजार रुपैयाँ छ । १०० लिटरको फ्रिजलाई भने सिजीले १५ हजार रुपैयाँ तोकेको छ ।

गोदरेजले १ वर्ष वारेन्टी भएको ३० लिटरको रेफ्रिजेटर मात्र १५ हजार रुपैयाँमा विक्री गरिरहेको छ ।  अनलाइन तथा अफलाईन जुनसुकै स्टोरमा पनि यी फ्रिजहरु किन्न सकिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्