ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

गणपूरक संख्या नपुगेपछि बरुण हाइड्रोपावरको साधारण सभा रोकियो

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको पुस २९ गतेको लागि तय भएको १८औं वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेपछि रोकिएको छ । 

उक्त सभा आगामी दिनमा पुनः आव्हान गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र २०७३ साल असार २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई निरन्तरता दिने विषय सभाका लागि तय गरेको थियो । 

पुस २९ गतेको साधारण सभाका लागि कम्पनीले पुस १६ गते (एक दिन) बुक क्लोज गरेको थियोे । 

यस अघिको प्रस्ताव सहित आगामी साधारण सभा आह्वानका लागि सात दिन अगाबै सूचना जारी गर्ने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्