ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

वोमी र सूर्योदय लघुवित्त बिच एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता सम्पन्न

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबिच एक आपसमा गाभ्ने गाभिने अन्तिम सम्झौता भएको जानकारी गराएको छ । 

एक आपसमा गाभ्न गाभिनका लागि पुस २९ गते बसेको बैठकले अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो । 

हाल वोमी लघुवित्त वित्तीय संस्थाको चुक्तापूँजी रू. ४१ करोड १९ लाख ४४ हजार र सूर्योदय लघुवित्त वित्तीय संस्थाको रू. २४ करोड ८० लाख ४२ हजार रहेको छ ।

यी दुई कम्पनी एक आपसमा गाभिएपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ६५ करोड ९९ लाख ८६ हजार पुग्नेछ । यी दुवै कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २०/२० प्रतिशत बोनस शेयर वितरण गरेका हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्