ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नाडेप लघुवित्तको सातौं वार्षिक साधारण सभा माघ १४ गते

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण माघ १४ गते गर्ने भएको छ । 

सभा रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नगर्जुन १ काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, यस लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यस कम्पनीको शेयर मर्जर प्राप्ति प्रक्रियाको लागि २०७७ पुस १६ गतेदेखि शेयर कारोबार रोक्का रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका माघ ३ गते (एक दिन) बन्द रहनेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्