ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एक महिनामै १८७ % बढ्यो विद्युत आयात, आन्तरिक उत्पादन १८ % घट्यो

२०७८ पौष, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालले भारतबाट आयात गर्ने विद्युतको परिमाण एक महिसनाको अन्तरमैे १८७ प्रतिशतले बढेको छ ।

वर्षा याममा आन्तरिक उत्पादित विद्युत खेर फालेको नेपालले हिउँदमा भारतबाट आयात हुने विद्युतको परिमाण भने घटाउन सकेको छैन ।

पुस १ गते २९ लाख ८५ हजार युनिट विद्युत ऊर्जा भारतबाट आयात गरेको नेपालले पुस २८ गते भने ८५ लाख ४० हजार युनिट विद्युत आयात गरेको छ । जुन १ गतेको तुलनामा १८७ प्रतिशत बढी हो । हिउँद लागेपछि आयात भएको यो परिमाण नै यो सिजनकै सर्वाधिक आयात पनि हो ।


त्यस्तै पुस १ गते को तुलनामा स्वदेशी उत्पादन  भने करिब २० प्रतिशतले घटेको छ ।

पुस १ गते नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ८७ लाख १८ हजार युनिट विद्युत आपूर्ति हुँदा प्राधिकरणका सहायक कम्पनीबाट ५४ लाख २७ हजार युनिट, निजी क्षेत्रका आयोजनाबाट ९७ लाख ५७ हजार युनिट गरि २ करोड ९० लाख ८६ हजार युनिट विद्युत आपूर्ति भएको थियो ।

पुस २८ गतेको तथ्याङ्कमा भने विद्युत प्राधिकरणका आयोजनाबाट ८२ लाख २५ हजार युनिट, सहायक कम्पनीबाट ३९ लाख ६३ हजार युनिट, निजी क्षेत्रबाट ८५ लाख ४० हजार युनिट गरि २ करोड ३९ लाख २ हजार युनिट विद्युत मात्रै आपूर्ति भएको छ ।

जुन १ गतेको तुलनामा २८ गते उत्पादन भएको स्वदेशी विद्युत १८ प्रतिशत अर्थात ५१ लाख ८४ हजार युनिट कम हो ।

भारतबाट आयात गरिएको विद्युत भने १ गते आयात भएको २९ लाख ८५ हजार युनिटको तुलनामा ५५ लाख ५५ हजार युनिट  बढी हो ।

१ गतेको उच्चतमा विद्युत माग १५३० मेगावाट रहेकोमा २८ गते १५८८ मेगावाट रहेको छ । जुन ५८ मेगावाट मात्रै बढी हो ।

मध्य पुसमा विद्युत माग बढेर १ दिन १७०० मेगावाट पुगेपनि बाँकी समयमा १६०० मेगावाटकै वरिपरि रहेको थियो ।

१७०० मेगावाट माग हुँदा उपत्यकाको वितरण प्रणालीले थेग्न नसकेपछि २/३ दिन सम्म आपूर्तिमै अवरोध आएको थियो । त्यतिबेला खपत भएको विद्युतको परिमाण पनि करिब ३ करोड युनिट पुगेको थियो ।

त्यो बाहेक पुसको सुरुवाती समय र अन्त्यतिर पनि विद्युत मागमा तुलनातमक फरक देखिएको छैन् । तर आन्तरिक उत्पादन ह्वात्तै घटेपछि आयात हुने विद्युतको परिमाण पनि ह्वात्तै बढेको छ ।

यो पनि पढ्नुस- १७०० मेगावाट मागमै हल्लियो प्राधिकरणको वितरण प्रणाली, ट्रान्सफरमर जले, फ्युज उडे

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement