ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको भाउ

२०७८ पौष, ३०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. ५०० ले बढेको सुनको भाउ शुक्रवार रू. २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार २०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार २०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला रू. १ हजार २५५ मा कारोबार भएको चाँदी शुक्रवार रू. ५ ले बढेर रू. १ हजार २६० किनबेच भइरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement