ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मिथिला लघुवित्तको १३औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित सहित शेयर संरचना परिवर्तन

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभा बिहीवार न्यू पौवा होटल एण्ड गेष्ट हाउसको सभाहल मिथिला नगरपालिका १० लालगढ धनुषामा सम्पन्न भएको हो । 

सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५७८९५ नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले हाल कायम रहेको जारी पूँजीको ६० प्रतिशत संस्थापक शेयरधनी समूहको र ४० प्रतिशत सर्वसाधारण शेयरधनी शेयर स्वामित्व रहेकोमा सो संरचना ५१ प्रतिशत संस्थापक शेयरधनी समूहको र ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहको शेयर स्वामित्व हुने गरी पूँजीको संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । 
बोनस शेयर पारित भएपछि कम्पनीको चुक्तापूँजी रू. १७ करोड ४ लाख ३७ हजार पुगेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement