ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

अमेरिकी उपभोक्ता मूल्यमा करीब ४० वर्षयताकै तीव्र वृद्धि 

२०७८ पौष, ३०  
अन्तरराष्ट्रिय
Image Not Found

पुस ३०, वाशिङटन डीसी (अमेरिका) अमेरिकामा उपभोक्ता मूल्य करीब ४० वर्षयताकै उच्च दरमा बढेको छ । 

गत वर्षको सोही अवधिको तुलनामा डिसेम्बरमा उपभोक्ता मूल्य ७ प्रतिशतले बढेको छ । सुदृढ माग र आपूर्ति अभावबीच उपभोक्ता मूल्य बढेको हो । 

महँगी नियन्त्रण गर्न नीति निर्माताहरु माथि समेत दबाब बढेको छ । अमेरिकी केन्द्रीय बैंकले यही वर्ष ब्याजदर बढाउने अपेक्षा गरिएको छ । अमेरिकाको मुद्रास्फीति गत वर्षको सोही अवधिको तुलनामा डिसेम्बरमा लगातार तेस्रो महीना बढेको हो । 

यो नीति निर्माताहरुले तय गरेको २ प्रतिशतको लक्ष्यभन्दा निकै धेरै हो । यसअघि मुद्रास्फीति यो स्तरमा सन् १९८२ मा थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement