ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

फुडमान्डुमा डोल्माले ४६ करोड रुपैयाँ लगानी गर्ने, देशैभर सेवा विस्तार हुने

२०७८ पौष, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली इ-कमर्श कम्पनी फुडमान्डूमा डोल्मा इम्प्याक्ट फण्डले ४६ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

५ वर्षदेखि नेपालमा फुड डेलीभरी गर्दै आएको कम्पनीमा डोल्माले ४० लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता भएको फण्डले ट्विट मार्फत जानकारी दिएको छ ।

८०० बढी रेष्टेरेन्ट र ३ लाख बढी सेवाग्राही आवद्ध रहेको फुडमान्डुले अहिले काठमाडौं उपत्यका र पोखरामा सेवा दिइरहेको छ ।

डोल्मा फण्डले भने उपत्यका बाहिरका अन्य शहरमा सेवा विस्तार गर्ने गरि थप लगानी गरेको जनाएको छ ।

फुडमान्डूले ग्राहकबाट खानाको अर्डर लिने र रेष्टुरेन्टमा बनेको खाना ग्राहकको दैलोसम्म पुर्‍याउने कामगर्दैे आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्