ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपालमा बनेको स्याटलाइट ‘सानो स्याट-१’ अन्तरिक्षबाट सिंग्नल पठाउन सफल

२०७८ पौष, ३०  
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालमै बनेको पहिलो स्याटलाइट ‘सानो स्याट-१’ ले अन्तरिक्षबाट सिंग्नल पठाउन शुरु गरेको छ ।

स्याटलाइट नेपालको ओरियन्स स्पेक्स कम्पनीले  स्पेस-एक्सको रकेटमार्फत बिहीवार राती प्रक्षेपण गरेको थियो । सानो स्याट -१  करिब १ घण्टा ३० मिनेटमा अर्बिट डिप्लोय भएको थियो ।  त्यसपछि यसले सिंग्नल पठाउन शुरु गरेको छ ।

निर्धारित समयमै अन्तरिक्षमा पुगेको ‘सानो स्याट-१’ लाई ‘फल्कोन-९’ मार्फत पृथ्वीभन्दा ५ सय किलोमिटर माथि अन्तरिक्षमा पुर्याओईएको थियो । अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट राति ९ बजेर १५ मिनेटमा स्याटलाइट बोकेको रकेट प्रक्षेपण भएको थियो । 

१ वर्षसम्म अन्तरिक्षको लो अर्थ अर्बिटमा बसेर सानो स्याट २ ले बिटा, गामा लगायतका विकिरणहरुबारे पृथ्वीमा रहेको स्टेशनमा सिंग्नल पठाउने छ । 

स्पेनमा परीक्षण गरिएको यो स्याटलाईटको निर्माणको काम नेपाली विद्यार्थी, ईञ्जिनियर तथा अमेच्योर रेडियो अपरेटरहरुको सक्रियतामा २०१७ देखि सुरु गरिएको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement