ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नबिल बैंकले प्राप्ति गर्ने भएसँगै नेपाल बङ्गलादेश बैंकको शेयर कारोबार रोक्का

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । नेपाल बङ्गलादेश बैंकको शेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले प्राप्ति गर्ने भएसँगै कम्पनीको शेयर कारोबार रोक्का भएको हो । 

बिहीवार यी दुवै कम्पनीले प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट उदय कृष्ण उपाध्य र नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् । 

प्राप्तिका लागि नेपाल बंगलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर हुने गरी सहमति भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्