ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

गुडवील फाइनान्सको २७औं साधारण सभा सम्पन्न, १३% लाभांश पारित

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । गुडवील फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बिहीवार होटल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

सभाले ९ दशमलव १ प्रतिशत बोनस शेयर र ३ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको हो । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको हो । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्