ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सेञ्चुरी बैंकको ६.०५% लाभांश पारित, शेयर संरचना परिवर्तन हुने 

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पुस ३० गते ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

बैंकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा शुक्रवार भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांशलाई समेत वितरणयोग्य बनाएको छ । 

यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी रू. ९  अर्ब ३ करोड ४४ लाख २९ हजारको आधरामा ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

बोनस पश्चात बैंकको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । 

बैंकले संस्थापक तर्फको हाल कायम शेयर स्वामित्वमध्ये २ दशमलव ४१ प्रतिशत घटाउने भएको छ । बैंकले हाल कायम ५३ दशमलव ४१ प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व घटाएर ५१ प्रतिशत कायम गर्न लागेको हो । उक्त प्रस्तावलाई समेत सभाले पारित गरेको छ । 

सभा प्रयोजनका लागि बैंकले पुस १९ गते एक दिन बुक क्लोज गरेकाले बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य भएका छन् । 

यस बैंकले देशभर १२६ शाख र १० ओटा एक्सटेन्सन काउन्टर साथै २५ शाखा रहित बैंकिङ र १०८ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement