ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपाललाई मुद्रा कोषको ४७ अर्ब रुपैयाँ निर्ब्याजी ऋण, एक हप्ताभित्र १३ अर्ब आउँदै 

नेपालले १० वर्षसम्म ऋण चलाउन पाउने 

२०७८ पौष, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई करिब ४७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ ।

मुद्रा कोषले इनह्यान्स क्रेडीट फ्यासिलिटी (इसिएफ) मार्फत ४६ अर्ब ७० करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण शुन्य ब्याजदरमै दिएको हो ।

उक्त ऋण सहायता मध्ये करिब १३ अर्ब रुपैयाँ (११० मिलियन अमेरिकी डलर) बराबरको रकम पहिलो किस्ता वापत प्राप्त हुनेछ । उक्त रकम एक हप्ता भित्रै नेपालले पाउने अर्थमन्त्रालयले जनाएको छ ।

बाँकी रकम बिभिन्न किस्तामा क्रमश प्राप्त हुने गरि स्विकृत भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोभिड १९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकरात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दीगो विकास तथा गरिबी निवारण सम्बन्धी नेपालले लिएको सुधारका काम र प्रयासलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास लिइएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने उक्त सहायता नेपालले आवश्यकता  र प्रथामिकताका आधारमा बजेटमा समावेश गरि खर्च गर्ने भएको छ ।  कोष सँग भएको प्रारम्भिक छलफलमा चालु आर्थिक वर्षको बजेटमा उक्त रकमलाई बजेटको स्रोत कायम गरिने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्