ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

हिमालयन बैंकले पारित गर्‍यो लाभांश, इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भने अस्वीकृत

२०७८ पौष, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस ३०, काठमाडौं । हिमालयन बैंकले लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीको २९औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

लाभांश पारित भएपनि इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव भने अस्वीकृत भएको छ । प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरुमध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको हो । 

मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत, विपक्षमा ४२ दशमलव २९ प्रतिशत र मत नहाल्नेमा १४ दशमलव शून्य ९ प्रतिशत रहेका थिए । मर्जर प्रकृयामा सहमति भएसँगै दुवै बैंकको वैशाख ३१ गतेदेखि शेयर कारोबार रोक्का रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement