ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

जन उत्थान सामुदायिक लघुवित्तको ११ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पनि पारित

२०७८ माघ, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

सभाले वार्षिक प्रतिवेदनसहित आाव २०७७/ ०७८ को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरणलगायतका अनुसूचिहरु पारित गरेको छ । साथै सभाले सञ्चालक समितिकोेप्रस्ताव बमोजिम आव २०७७/ ०७८ को मुनाफाबाट कर प्रयोजनका लागि १ दशमलव ३१ नगद लाभांश र २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कमपनीको अधिकृत पूँजी १५ करोड रुपैयाँबाट वृद्धि गरी ५०करोड रुपैयाँ पुर्‍याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई कम्पनीको  कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, वित्तीय संस्था गाभ्ने/ गाभिने तथा प्राप्ति/ समाहितगर्ने प्रयोजनकालागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायतका निर्णयहरु सर्वसम्मतिले पारित गरेको छ ।

कार्यक्रममा संस्थाकापूर्व अध्यक्ष तथा संस्थापक यम बहादुर बिके, पूर्व सञ्चालक तथा संस्थापक माधव प्रसाद नेपाल तथा सर्वसाधारण शेयरधनीको तर्फबाट माधव प्रसाद पाण्डेलगायतले राय सुझाव दिएका थिए । सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्