ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको सीईओमा रमेश कुमार श्रेष्ठ नियुक्त

२०७८ माघ, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

सेञ्चुरी बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा उनले माघ २ गतेदेखि लागू हुने गरी पदभार ग्रहण गर्नेछन्  ।

उनी यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement