ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

थप ४६३६ जनामा कोरोना संक्रमण पुष्टि, ३५० जना संक्रमणमुक्त  

२०७८ माघ, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, काठमाडौं। नेपालमा विगत २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार उक्त अवधिमा १० हजार ४१२ ओटा पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ र ४ हजार १४४ ओटा एन्टिजेन परीक्षण गर्दा ९३३ जना गरी ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी सोहीअवधिमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

मन्त्रायलका अनुसार उक्त अवधिमा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । 

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २१९ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै १ हजार ५९१, ललितपुर जिल्लामा ४८६ र भुक्तपुर जिल्लामा १४२ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्