ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कोरोना संक्रमितको उपचारमा थप २ ओटा औषधिलाई डब्लूएचओद्वारा अनुमति

२०७८ माघ, १  
समाचार
Image Not Found

माघ १, जेनेभा (स्विजरल्याण्ड) । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितको उपचारमा थप दुई ओटा औषधिलाई अनुमति दिएको छ ।

डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब- इमडेभिमाबलाई संक्रमितहरुको उपचारमा प्रयोग गर्न हालै अनुमति दिएको हो ।


डब्लूएचओका विशेषज्ञ चिकित्सकहरुका अनुसार बाथ रोगमा समेत प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने छ ।

चिकित्सकहरुले उक्त औषधिले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरासमेत नियन्त्रण गर्ने दावी गरेका छन् । उनीहरुले यो औषधि बिरामीमा परीक्षण गर्दा बिरामीलाई थप असर गर्न रोकेको थियो । दुवै औषधिलाई एकैपटक सेवन गर्न भने नहुने चिकित्सकहरुले सुझाव दिएका छन् ।एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement