ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि, ४३५ जना संक्रमणमुक्त

२०७८ माघ, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

माघ २, काठमाडौं। नेपालमा विगत २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  आइतवार दिएको जानकारी अनुसार उक्त अवधिमा १२ हजार ५७३ ओटा पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जना र २ हजार ५६९ ओटा एन्टीजेन परीक्षण गर्दा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो । उक्त अवधिमा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।त्यस्तै सो अवधिसम्ममा ४३५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५५ हजार २०६ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ६२० जनाको मृत्यु भएको छ । नेपालमा हाल २५ हजार ६८० जना सक्रिय संक्रमित रहेको र तीमध्ये ३ हजार ३४७ जना काठमाडौं उपत्यकामा रहेको मन्त्रालयको तथ्याङ्क छ।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा १२२ जना र भेन्टिलेटरमा २९ जना बिरामी छन्। 

विगत २४ घण्टामा २ हजार ५४५ जना काठमाडौं जिल्लामा, ४७४ जना ललितपुर  जिल्लामा र ३२८ जना भक्तपुर जिल्लामा नयाँ संक्रमित थपिएका छन्।

नेपालमा पछिल्ला दिनहरूमा संंक्रमणमण दर निरन्तर बढिरहेको मन्त्रालयले बताएको छ। चिकित्सकहरुले पीसीआर विधिबाट जाँचिएका प्रत्येक चारमध्ये एकभन्दा बढी नमूनामा संक्रमण पुष्टि भइरहेको भन्दै थप सावधानी अपनाउन आग्रह गरेका छन्।

 यसैबीच कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ । 

 त्यस्तै सरकारले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने निर्णय भएको बताएका छन् ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जनाले मात्र प्रवेश पाउने छन् ।साथै प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर मात्र पार्टी प्यालेसहरुले  विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृतिक कार्यका लागि सञ्चालन गर्न सक्नेछन् । तर  बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।


 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement