ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घरजग्गा कारोबारमा मन्दी : ब्याज तिर्न सस्तोमा जग्गा बेच्दै व्यवसायी, पुसमा झन घट्यो कारोबार

२०७८ माघ, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

माघ २, काठमाडौं । अन्तरराष्ट्रिय बजारमै घरजग्गा कारोबारमा मन्दी आइरहेको बेला नेपालमा पनि घरजग्गा बजार ओरालो लागेको छ ।

घरजग्गाको सर्वाधिक कारोबार हुने महीनामै कारोबार घटेपछि नेपाली बजारमा पनि मन्दी लागेको हो की भन्ने आशंका उब्जाएको घरजग्गा व्यवसायीहरुले बताएका छन् । 

मंसिरको तुलनामा पुसमा घरजग्गा कारोबारबाट आउने राजस्व ४० करोड रुपैयाँले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । मंसिरमा ७ अर्ब रुपैयाँ राजस्व उठेकोमा पुसमा ६ अर्ब ६० करोड रुपैयाँ मात्रै संकलन भएको हो । कारोबार संख्या भने मंसिर र पुसमा समान ७० हजार हाराहारी रहेको छ ।

गत वर्षको मंसिर/पुसमा भने मासिक ७५ देखि ८० हजार  हाराहारी घरजग्गा किनबेच र करीब १०  अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

सर्वाधिक घरजग्गा कारोबार हुने पूर्वी सहर इनरुवामा पुसमा जम्मा २ हजार मात्रै घरजग्गा किनबेच भएका छन् । जवकी विगतमा यहाँ मासिक ४/५ हजारसम्म घरजग्गा किनबेच हुने गरेका थिए ।

मासिक २ हजारदेखि २ हजार ५०० सम्म घरजग्गा किनबेच हुने उपत्यकाका लगनखेल, भक्तपुरलगायतका ठाउँमा पनि पुसमा १५/१६ सयभन्दा धेरै घरजग्गा किनबेच हुन सकेनन् ।

एक हजार भन्दा बढी घरजग्गा किनबेच  गर्ने कार्यालयको संख्या एक दर्जन भन्दा कम रहेको छ । झापा, विराटनगर, बेलबारी, जनकपुर, लगनखेल, भक्तपुर, चितवन, नेपालगञ्ज लगायतका कार्यालयले मात्रै एक हजार भन्दा धेरै घरजग्गा किनबेच गराएका छन् । विगतमा यी कार्यालयको कारोबार संख्या २/३ हजारभन्दा धेरै हुने गरेको थियो ।

बैंकिङ क्षेत्रमा तरलता अभाव कायमै रहेकाले घरजग्गाको कारोबार बढ्न नसकेको व्यवसायीहरुले बताएका छन् । 

‘विगत ३/४ महीनादेखिनै घरजग्गा कारोबार सुस्ताएको छ । व्यवसायीले ५ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याजदर बढेर १२/१३ प्रतिशत पुगिसकेको छ ।’ घरजग्गा व्यवसायी दिनेशलाल चुकेले भने, ‘यति लामो समय सम्म कारोबारमा मन्दी आयपछि नेपालमा पनि घरजग्गा क्षेत्रमा अन्तर्राष्ट्रिय बजारको जस्तै मन्दी आएको हो की भन्ने आशंका छ ।’

विगतमा उपत्यका बाहिर इनरुवा, विराटनगर, चितवन, पोखरालगायतका सहरमा कम्तिमा १० करोड रुपैयाँ बढी राजस्व आउने गरेकोमा पुसमा भने चितवन र पोखरामा मात्रै १० करोड रुपैयाँभन्दा बढी राजस्व आएको छ । यी बाहेक उपत्यका बाहिरका कुनैपनि कार्यालयले पुस महीनामा ८ करोड रुपैयाँ भन्दा धेरै राजस्व संकलन गर्न सकेनन् ।

उपत्यमा पनि ५० करोड बढी राजस्व संकलन गर्ने लगनखेलको राजस्व ३७ करोडमा झरेको छ ।  लगनखेलकै हाराहारी राजस्व संकलन गर्ने डिल्लीबजार मालपोत कार्यालयले पनि ३२ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको विभागको तथ्याङ्क छ ।

सस्तोमा जग्गा बेच्दै व्यवसायी
बैंकबाट लिएको ऋणको ब्याज खप्टिदै गएपछि दवावमा परेका व्यवसायीले मूल्य घटाएरै भएपनि जग्गा बेच्न शुरु गरेको चुकेले बताए । 

यो मन्दी  अझै लम्बिदै गएमा दर्जनौ व्यवसायी नेपालमा पनि टाट पल्टिन सक्ने उनको विश्लेषण छ ।

‘धेरै बैंक ऋण र थोरै आफ्नो पूँजी लगानी गरेका व्यवसायीहरु अफ्ठेरोमा परिसकेका छन्’, चुकेले भने, ‘बैंकले ऋण दिन  सक्दैनन्, हामि नै ऋण मिलाइ दिन्छौ भन्दा पनि किन्ने मान्छे छैनन् । अनि अफ्ठेरै परेका व्यवसायीले मूल्य घटाएर जग्गा बेच्न शुरु गरिसकेका छन् ।’

यो अवस्था लम्बिदै गएमा अरु व्यवसायीले पनि घरजग्गाको मूल्य घटाएर बेच्नु पर्ने अवस्था आउने उनको भनाइ छ । 

‘कारोबार घटेपछि अहिलेपनि जग्गाको मूल्य बढेको छैन’, उनले भने, ‘पोहोर किनेको मूल्यमै जग्गा विक्री गरिरहेका छौ। तर पनि कारोबार सुध्रिने लक्ष्यण छैन ।’

आगामी फागुन चैत्र सम्म रेमिट्यान्स  बढ्ने र घरजग्गा  कारोबार पनि बढ्ने अपेक्षा गरेको चुकेले बताए । यो मन्दी २/३ महिना अरु लम्बिएमा भने धेरै व्यवसायीहरु टाट पल्टिने उनको चिन्ता छ ।

यो पनि पढ्नुस-घरजग्गा कारोबारमा मन्दी, कित्ताकाट भने ‍बढेको बढ्यै, ६ महीनामै १० लाख कित्ताकाट

प्लटिङले सखाप हुँदै उपत्यकाका डाँडा : डाँडा काटेर खोलानाला पुर्दै, घर नबन्ने ठाउँमा पनि प्लटिङ गर्दै

काठमाडौंबाट १५ किलोमिटर टाढा रहेको गोदावरीमा किन आकासियो जग्गाको भाउ ?

आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ, सबैको रोजाइमा परेपनि किन छन् सुनसान ?

सुक्खा बन्दरगाहले नेपालकै नं १ व्यापारिक हब बन्दै बल्खु-कलंकी क्षेत्र, न्यूरोडका ३५०० होलसेल बल्खु सर्दै

धमाधम टाट पल्टिदै चिनियाँ रियल इस्टेट कम्पनी, १० वर्ष यताकै ठूलो मन्दी, नेपालको अवस्था के छ ?

 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement