ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल टेलिकमको विन्टर अफरः ५९९ मा अनलिमिटेड कल, डाटा प्याक सकिएपनि इन्टरनेट चल्ने

२०७८ माघ, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

माघ २, काठमाडौं । नेपाल टेलिकमले माघ ३ गतेदेखि लागू हुने गरी ‘विन्टर अफर २०७८’ उपलब्ध गराउने भएको छ ।

पहिले उपलब्ध भएको अटम अफर लाई परिमार्जन गरी विन्टर अफर बनाइएको हो ।यो अफर अन्तर्गत यसअघि उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । 

पहिले २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकोमा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक थप गरि उपलब्ध गराएको टेलिकमले जनाएको छ । 

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकेजहरुमा रहेका छन् ।

त्यस्तै सस्तो प्रिपेड कम्बो प्याकमा पनि थप सुविधा उपलब्ध गराइने भएको छ । यस अन्तर्गत २९९  रुपैयाँमा २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ ।

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ । पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउनेछन् । 

साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ । यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ ।  अफर प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गनुपर्नेछ । प्याकेजका लागि कम्पनीको एपबाट तथा वेबसाइटबाट जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement