ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दोलखाको चर्णावतीमा वृद्धाश्रम भवन निर्माण सम्पन्न

२०७८ माघ, २  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

माघ २, काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर-७ चर्णावतीमा चर्नावती बृद्धाश्रमको निर्माण सम्पन्न भएको छ । निर्माण कार्य थालिएको करीब पाँच वर्षपछि बृद्धाश्रमको निर्माण कार्य सम्पन्न भएको हो ।

बृद्धाश्रम निर्माणको काम करीब सम्पन्न भइसकेको चर्णावती त्रिवेणी विकास संघका अध्यक्ष गुणबहदुर बुढाथोकीले बताए । बृद्धाश्रम निर्माणका लागि २०६९ सालबाट पहल शुरु गरिएपनि २०७४ सालबाट भवन निर्माण शुरु भएको उनको भनाइ छ । 

डिपिआरमा भवन निर्माणकालागि ५ करोड लागत अनुमान गरिएको भएपनि २ करोड ५६ लाखमा ठेक्का सम्झौता भएकोमा काम अधुरो भएकोले निर्माण सम्पन्न हुन स्रोत खोज्दा लामो समय लागेको अध्यक्ष बुढाथोकीले बताए । भवन निर्माण सम्पन्न भएपनि कम्पाउन्ड लागाउनको लागि स्रोतको खोजी भइरहेको उनको भनाइ छ ।

शैलुङ गाउँपालिकाका प्राविधिक रामकाजी कार्कीका अनुसार करीब २५ रोपनी जग्गामा बनेको बृद्धाश्रम तीनतले छ । ट्वाइलेट बाथरुम सहित भवनमा २१ कोठा रहेका छन् । भवनभित्रै भान्सा कोठा र प्रतीक्षालय समेत रहेको छ । 

भवन बनेपनि बन्दोवस्तीका सामान कसरी जुटाउने भन्ने अहिले चर्णावती त्रिवेणी विकास संघलाई चिन्ता छ । शैलुङ गाउँपालिकाले बृद्धाश्रमका लागि ५ लाख रुपैयाँ वार्षिक अनुदान दिँदै आएको छ । अब जिल्ला भित्रका सबै स्थानीय तहहरुसँग समन्वय गरेर बृद्धाश्रमका लागि खर्च जुटाउने योजना चर्णावती त्रिवेणी विकास संघको रहेको छ ।

त्रिवेणी क्षेत्रको विकासका निम्ति गुरुयोजना तयार गरिएको छ । गुरुयोजना अनुसार घाट, वृद्धाश्रम निर्माण भए तापनि अरु थुप्रै संरचना निर्माण स्रोत अभावका कारण सम्पन्न हुन सकेका छैनन् । गुरु योजना अनुसार सबै काम सम्पन्न हुन २५ करोड रुपैयाँ लाग्ने अध्यक्ष बुढाथोकीको भनाइ छ ।

आश्रम सञ्चालनको लागि नयाँपुलबाट दक्षिण, रामेछाप जाने पुरानो बाटोदेखि पूर्व, काठमाडौं–मन्थली जाने सडक पश्चिम र धमेलीखोला उत्तरको ४० हेक्टर जमिनको सामुदायिक वनबाट केही आम्दानी लिने र सोही क्षेत्रका नदी आसपास उत्खनन् गरिने बालुवा गिटी समेतबाट उठेको कर आश्रमलाई उपलब्ध गराइने तत्कालीन जिल्ला परिषदले निर्णय गरे अनुसार कार्यान्वयन भए बृद्धाश्रम सञ्चालनको लागि ठूलो भरथेग हुने अध्यक्ष बुढाथोकीले बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement