ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

८२ खर्ब रुपैयाँमा गेमिङ कम्पनी एक्टिभिजन किन्दै माइक्रोसफ्ट, विश्वको तेस्रो ठूलो गेमिङ कम्पनी हुने

२०७८ माघ, ५  
समाचार अन्तरराष्ट्रिय
Image Not Found
PHOTO: CNN
author avatar अभियान संवाददाता

माघ ५, काठमाडौं । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टले झण्डै ७० अर्ब डलर खर्चेर एक्टिभिजन ब्लिजार्ड किन्ने भएको छ ।

कम्पनीले यो योजनाको घोषणा मंगलबार गरेको हो । यो हालैका वर्षमा प्रविधि उद्योगमा ठूलो मध्येको एक खरीद सम्झौता हुनेछ । यसले गेमिङ उद्योगमा माइक्रोसफ्टको स्थिति झनै बलियो बनाउने विश्वास गरिएको छ ।

तर एक्टिभिजनको विषाक्त संस्कृतिबारे हालैका वर्षमा उत्पन्न चिन्ता एवम् चासोले भने कम्पनीका लागि जटिलता उत्पन्न गराउने हो कि भन्ने आशंका पनि गरिएको छ । 

माइक्रोसफ्टले पूरा नगद तिरेर सो कम्पनी किन्दैछ । पछिल्लो एक्विजिशनमा माइक्रोसफ्टले एक्टिभिजनलाई ६८ अर्ब ७० करोड डलर मूल्य दिएको छ ।यो खरीदपछि माइक्रोसफ्ट टेन्सेन्ट र सोनीपछि विश्वको तेस्रो ठूलो गेमिङ कम्पनी हुनेछ । 

यो सम्झौता पछि एक्टिभिजन ब्लिजार्डका सीईओका रुपमा बबी कोटिक यथावत् रहने एक्विजिशन खरिदका बेलामा जारी एक विज्ञप्तिमा भनिएको छ ।

कम्पनीमा वर्षौसम्म व्याप्त उत्पीडन र भेदभावलगायत समस्याबारे जानकार रहेर पनि केही नगरेको भन्दै चरणबद्ध रुपमा एक्टिभिजनका कर्मचारीहरुले सामूहिक रुपमा राजीनामा दिएका थिए । 

महिला कर्मचारीहरुलाई भेदभाव गरेको, यौन उत्पीडन गरेको र पुरुष तथा महिला कर्मचारीबीचको तलबमा भिन्नता अनुचित रहेको भन्दै सन् २०२१ को अगष्टमा कम्पनीविरुद्ध क्यालिफोनिर्याको निष्पक्ष रोजगारी र हाउजिङ विभागमा मुद्दा दर्ता भएको थियो । 

कम्पनीमा व्याप्त यौन उत्पीडनबारे एक्टिभिजनका कार्यकारीहरु र मानव संसाधन विभागका अधिकारीहरुलाई थाहा भएको तर यस्ता अनुचित व्यवहार रोक्न असफल भएको आरोप पनि मुद्दामा लगाइएको थियो । 

यो आरोपपछि कम्पनीका तत्कालीन अध्यक्ष जे. एलन ब्राकले आफ्नो पदबाट राजीनामा दिएका थिए । यस मामिलामा अनुसन्धान गर्न कम्पनीले बाहय कम्पनीलाई नियुक्त पनि गरेको थियो ।  

पछिल्लो सम्झौताबारे नियामक समीक्षा हुन बाँकी छ । एक्टिभिजनका शेयरधनीहरुले पनि यसलाई मञ्जुरी दिइसकेका छैनन् । सम्झौता सन् २०२३ मा सम्पन्न हुने बताइएको छ । 

कारोबार पूरा नहुँदासम्म दुबै कम्पनीहरु स्वतन्त्र रुपमा चल्नेछन् । यसपछि भने एक्टिभिजनले स्पोन्सरलाई रिपोर्ट गर्नेछ । यो खबर सार्वजनिक भएपछि मंगलवार बिहानी कारोबारमा एक्टिभिजनको शेयरमूल्य ३० प्रतिशतभन्दा धेरैले बढेको थियो । 

माइक्रोसफ्टको शेयरमा भने करीब डेढ प्रतिशतको कमी आएको थियो । हालैका वर्षमा माइक्रोसफ्टले आफ्नो सारा ध्यान गेमिङतिर लगाइरहेको छ । 

कोरोना भाइरसको महामारीबीच मानिसहरु घरमै बस्ने अनि गेमिङ प्रणालीको प्रयोग गर्ने क्रम बढेको छ । माइक्रोसफ्टको एक्सबक्स सिरिज एक्स र सिरिज एक्स कन्सोलको उच्च माग बीच सन् २०२१ को जनवरीमा कम्पनीको गेमिङ व्यवसायको आम्दानी पहिलो पटक ५ अर्ब डलर नाघेको थियो ।

एक्टिभिजन खरीदसँगै कम्पनीको गेमिङ व्यवसाय बढ्नेछ । यसमा एक्टिभिजनको गेम र मासिक करीब ४० करोड सक्रिय प्रयोगकर्ताहरु पनि माइक्रोसफ्टमा थपिने छन् । कम्पनीले एक्टिभिजनको ग्लोबल गेम स्टुडियोको साथै करीब १० हजार कर्मचारी पनि पाउनेछन् । (एजेन्सीको सहयोगमा)

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement