ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रदेशको नाम मधेस राखेको विरोधमा मुख्यमन्त्री राउतको घरमा ढुंगा हान्ने व्यक्ति पक्राउ

२०७८ माघ, ५  
विविध मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

माघ ५, वीरगंज  । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जस्थित घरमा ढुंगा हान्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश राजधानी जनकपुर र प्रदेशको नाम मधेस राखेको विरोधमा मुख्यमन्त्री राउतको वीरगञ्ज तेजारथ टोलस्थित घरमा ढुंगा हानेको आरोपमा प्रहरीले वीरगञ्ज १ का सुमन पटेललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । नेपाली कांग्रेस वीरगञ्ज नगर कमिटिले मंगलबार निकालेको विरोध र्‍यालीका क्रममा मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार भएको थियो ।

ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको झ्यालका २ ओटा सिसा फुटेको प्रहरीले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement