ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बालाजुमा अर्धस्वचालित वधशाला

२०७८ माघ, ९  
१० वर्ष अघि
NA

बालाजुमा तीन महिनाभित्र कुखुराको आधुनिक वधशाला सञ्चालनमा आउने भएको छ । भ्याली कोल्ड स्टोरले निर्माण गरिरहेको यो वधशाला अर्धस्वचालित हुनेछ । बालाजु औद्योगिक क्षेत्रभित्र सात रोपनी जग्गामा स्थापना भइरहेको वधशालामा १५ करोड रुपैयाँ लगानी हुने सञ्चालकले बताएका छन् ।

‘वधशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ भ्याली कोल्ड स्टोरका प्रबन्धक बाबुराजा रावलले भने, ‘दुईदेखि तीन महिनाभित्र सञ्चालनमा ल्याउँछौैं ।’ रावलका अनुसार वधशालाको क्षमता प्रतिघण्टा १ हजार ५ सय कुखुरा प्रशोधन गर्ने हुनेछ । वधशालाका लागि कम्पनीले फ्रान्स डेनमार्क र स्पेनबाट उपकरण ल्याएको छ । प्लाण्टले जिउँदो कुखुरा वध तथा प्रशोधन गरी पकाउन मिल्ने अवस्थामा तयार पार्छ । रावलका अनुसार वधशालामा चाँडै नै प्रतिघण्टा ३ हजार कुखुराको प्रशोधन गर्ने क्षमताको प्लाण्ट पनि जडान हुनेछ ।

वधशालाका लागि फिलिपिनी कम्पनी एमएम बर्नान्डो इन्जिनियरिङमार्फत प्लाण्ट खरिद गरिएको छ । सो कम्पनीका प्राविधिकहरूले मेसिन जडान गर्न आउन ढिला गरेकाले वधशाला सञ्चालनमा आउन ढिला भएको कम्पनीले बताएको छ ।

रावलका अनुसार वधशालाका लागि अमेरिकाको हेजड एनालाइसिस एन्ड क्रिटिकल कन्ट्रोल प्वाइन्टबाट अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र लिने योजना छ । नेपालमा उत्पादित कुखुराको मासुप्रशोधनका दृष्टिले सुरक्षित नभएको भन्दै पिज्जाहटलगायतले ब्राजिलबाट कुखुराको मासु मगाउने गरेका छन् । वधशाला सञ्चालनमा आएपछि केएफसी लगायतको माग पूरा गर्न सकिनेछ,’ भ्यालीका अर्का सञ्चालक श्रीकृष्ण घिमिरेले बताए ।    
 
वर्ष ५ अंक ४९, २०६७, साउन २४–३०

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement