ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

रौतहटमा बाघ गणना शुरु 

२०७८ माघ, ११  
मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

माघ ११, रौतहट । वन क्षेत्रमा बाघ देखिन थालेपछि क्यामेरा ट्रयापिङ गरेर रौतहटमा बाघ गणना थालिएको छ । माघ ४ गते देखि शुरु गरेर १५ दिनसम्म वनमा क्यामरा जडान हुने डिभिजन वन कार्यालय रौतहटले जानकारी दिएको छ । 

उक्त अवधिमा वन क्षेत्रमा प्रवेश निषेध गरिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले बताए । बाघको आवतजावत हुने सम्भावित क्षेत्रमा क्यामरा जडान गरिएको उनको भनाइ छ । उनले बाघ गणनाका लागि वन क्षेत्रका ठाउँठाउँमा क्यामेराहरु जडान गरिएको हुँदा नचलाउन समेत आग्रह गरे । 

गत वर्ष पनि बाघ गणना गर्दा ४ ओटा वयस्क बाघ भेटीएको उनले जानकारी दिए । धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री, नुनथरलगायतका वन क्षेत्रमा बाघ देखिने गरेको उनले बताए । 

उनका अनुसार राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन पर्सा कम्पलेक्स अन्तर्गत तेस्रो ब्लकमा राष्ट्रिय निकुञ्ज र मध्यवर्ति क्षेत्र, डिभिजन वन कार्यालयहरु पर्सा, बारा, मकवानपुर र रौतहटको वन क्षेत्रमा क्यामरा ट्रयापिङ गरिएको हो । 

रौतहटमा बाघको आक्रमणबाट केहि वर्ष अघि चन्द्रपुर ६ का एक युवक मारिएका थिए भने केहि घाईते समेत भएका छन् । बाघले पशु चौपायलाई पनि आक्रमण गर्ने गरेको डिभिजन वन कार्यालय रौतहटले जानकारी दिएको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement