ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तस्करीको आरोपमा ट्रक र चालक नियन्त्रणमा 

२०७८ माघ, १२  
मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

माघ १२, वीरगञ्ज  । पर्सा प्रहरीले तस्करीको मालसमान बोकेको आरोपमा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । 

भन्सार प्रज्ञापनपत्रमा उल्लेख गरिएभन्दा बढी मालसामान बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको ट्रक र चालकलाई बुधवार राजस्व अनुसन्धान पथलैयाको जिम्मा लगाएको छ ।
 
अनुसन्धानका लागि राजस्वमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं ८ भारतीय महावाणिज्य दूतावासअवगाडि सडकखण्डमा ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा केही समानको मात्रै भन्सार प्रज्ञापन पत्र रहेको प्रहरीले बताएको छ । 

अधिकांश समानको प्रज्ञापनपत्र नभेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । राजस्वमा पठाइएको मालसामानको मूल्य १ करोड ६३ लाख रुपैयाँ रहेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement