ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दुबईमा निर्माणाधीन अपटाउन टावरको उचाई ३२९ मिटर नाघ्यो 

२०७८ माघ, १२  
र यो पनि घरजग्गा
Image Not Found

माघ १२, दुबई । दुबईभन्ने बित्तिकै हामी सबैको दिमागमा बुर्ज खलिफाको तस्वीर आउँछ । दुबईमा बुर्ज खलिफा बाहेक पनि दर्जनौं गगनचुम्बी भवनहरु छन् । 

यो सूचीमा अर्को नाम पनि थपिएको छ : जुमेराह लेक टावर (जेएलटी) नजिक बनिरहेको अपटाउन टावर ।

हालै सो भवनको ७९ औं तलामा सिमेन्ट भर्ने अन्तिम कार्य पूरा भएको छ । यति काम सकिँदा भवनको उचाई ३२९ मिटर पुगेको छ । भवनको बाहिरपट्टि स्टिल राख्ने काम यसै वर्षको दोस्रो त्रैमासमा शुरु हुनेछ । यो काम सम्पन्न भएपछि भने भवनको कुल उचाई ३४० पुग्नेछ । 

यो भवन दुबई मल्टी कमोडिटिज सेन्टर विस्तार योजनाको हिस्सा हो । भवनको निर्माण सम्पन्न  यही वर्षको तेस्रो त्रैमासमा पूरा हुने बताइएको छ । यो भवनको निर्माण पूरा भएपछि आफूहरुले दुबईमा सबैभन्दा रोमाञ्चक शहरी क्षेत्र जीवन्त भएको हेर्न पाउने डीएमसीसीका सीईओ अहमद बिन सुलाएमले बताएका छन् । 

भवन निर्माण परियोजना शुरु भएदेखि नै अपटाउन टावरमा आफूहरुले नवीनतम् स्मार्ट र टिकाउ निर्माण अभ्यास प्रयोग गरेको र यसले गर्दा भवन निर्माणमा कुनै पनि अवरोधको सामना गर्नु नपरेको उनले बताएका छन् । डीएमसीसीमा कम्पनीहरुको दर्ता बढिरहेकै समयमा अपटाउन टावरका साथै अपटाउन डिष्ट्रिक्ट जेएलटी क्षेत्रमा विस्तार गरिएको छ । 

भवन निर्माणको परियोजनामा खटिएका टोलीले भवनको हरेक तला बनाउन औसतमा दुई दिन लगाइरहेका छन् । भवनको ७० औं तलासम्म चाहीं सिसाका प्यानल जडानको काम पूरा भइसकेको छ । सो हिस्सामा ८ हजार ५०० भन्दा धेरै सिसा जडान गरिएको छ । 

अपटाउन टावरको डिजाइन एड्रियन स्मिथ+ गोर्डोन गिल आर्किटेक्चरले तयार पारेको हो । ३४० मिटर अग्लो यो भवन एलईईडी गोल्ड प्रमाणपत्र प्राप्त भवन बन्दैछ । यसमा डीएमसीसीको नयाँ मुख्यालय रहनेछ । यसमा १८८ ओटा कि लक्जरी होटल रहनेछ । साथमा एक्सक्लुसिभ रेष्टुराँ, पहिलो श्रेणीको कार्यालयहरु र २२ ओटा आसपासका ब्रान्डेड आवास पनि रहने छन् । 

यो भवनको काम सन् २०१९ को जुलाईमा शुरु भएको थियो । त्यसयता यसको निर्माणमा १ करोड ३० लाख मानव घन्टाभन्दा बढीको काम भइसकेको छ । भवन निर्माणका क्रममा अहिलेसम्म कसैको पनि मृत्यु नभएको पनि एक विज्ञप्तिमा डीएमसीसीले बताएको छ । एजेन्सी


 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement