ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भरतपुर विमानस्थलबाट एक वर्षमा २ लाखभन्दा बढी यात्रुले लिए सेवा  ​​​​​​​

२०७८ माघ, १३  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

माघ १३, चितवन । भरतपुर विमानस्थलबाट एक वर्षमा २ लाखभन्दा बढी यात्रुले सेवा लिएका छन् ।

यो विमानस्थल भएर २०२१ जनवरिदेखि डिसेम्बरसम्म उडान र अवतरण गरी २ लाख २ हजार ९७३ जना यात्रुले सेवा लिएका हुन् । कार्यालयले दिएको जानकारी अनुसार सो अवधिमा भरतपुर विमानस्थलमा  ६ हजार ५९६ पटक उडान र अवतरण भएको थियो । 

जसअनुसार २०२१ को जनवरिमा ४१० ओटा उडान र अवतरण भएकोमा सो महीना १३ हजार १९३ यात्रुले सेवा लिएका थिए । यस्तै फेब्रुअरीमा ५४८ ओटा उडान र अवतरणमा १७ हजार ३२३ जना यात्रु, मार्चमा ५९४ ओटा उडान र अवतरणमा १८ हजार ७४३ यात्रु, अप्रिलमा ५६० ओटा उडान र अवतरण भएकोमा १६ हजार ८८० जना यात्रुले सेवा लिएका थिए । 

कोरोनाका कारण मे महीनाको केही दिन  र जुन महीनामा नियमित उडान र अवतरण भएको छैन सो अवधिमा चार्टर उडान गरिएको विमानस्थल कार्यालयले बताएको छ । मे महीनामा ६० ओटा उडान अवतरण भएकोमा १ हजार २११ जना यात्रुले सेवा लिएका थिए भने जुन महीनामा छ ओटा चार्टर फ्लाईटबाट १३ जना यात्रुले सेवा लिएका थिए । 

यसैगरी जुलाईमा ५४६ पटक उडान र अवतरण भएको थियो । उक्त महीनामा १७ हजार १०९ यात्रुले सेवा लिएका थिए । अगष्ट महीनामा ५६८ ओटा उडान र अवतरण मा १८ हजार २५६ जना यात्रु, सेप्टेम्बरमा ७१४ ओटा उडान अवतरण गरिएकोमा २४ हजार २८० जना यात्रु, अक्टोबरमा ८३४ पटक उडान अवतरण भएकोमा २४ हजार ५५१ जना यात्रु, नोभेम्बरमा ८३४ ओटा उडान अवतरणमा २५ हजार ५५१ जना यात्रु र डिसेम्बरमा ८५० ओटा उडान अवतरण भएकोमा २५ हजार ३३३ जना यात्रुले सेवा लिएको कार्यालयले बताएको छ । 

कार्यालयका सूचना अधिकारी दिपक विकले पछिल्लो समय भरतपुर विमानस्थल भएर सेवा लिने यात्रुको चाप बढ्दै गएको बताए ।

उडान संख्या थपिएसँगै यात्रुको संख्या पनि बढ्दै गएको हो । ‘उडान संख्या पनि थपिएको छ’, विकले भने, ‘योसँगै हवाई सेवामा यात्रुको आकर्षण पनि छ’, उनले भने । उनका अनुसार बिशेष गरी विभिन्न राजनीतिक सभा सम्मेलन , चाडबाड तथा नारायणगढ –मुग्लिन सडकखण्डको बाटो अवरुद्ध भएको बेलामा हवाईयात्रुको चाप बढ्ने गर्दछ ।

हवाई यात्रा छिटो छरितो , आरामदायी हुनुका साथै स्वास्थ्य सुरक्षा बढी हुने भएकोले पनि यात्रुको चाप बढ्ने गरेको उनको भनाइ छ ।

भरतपुर विमानस्थल भएर हाल काठमाडौं ,पोखरा, भैरहवा दैनिक उडान हुने गरेको छ ।  बुद्ध एयरको दैनिक भरतपुर –काठमाडौं छ ओटा,   भरतपुर – पोखरा र  भरतपुर – भैरहवा एक/ एक ओटा  हुने गरेको छ भने गुण एयरलाईन्सको भरतपुर – काठमाडौ  दुई ओटा  भरतपुर –पोखरा एउटा  उडान हुँदै आएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement