ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गूगलका सीईओ सुन्दर पिचाईसहित ६ जनाविरुद्ध मुद्दा दायर,  कपीराइट उल्लंघन गरेको आरोप

२०७८ माघ, १३  
अन्तरराष्ट्रिय
Image Not Found

माघ १३, नयाँदिल्ली(भारत) । गूगलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुन्दर पिचाईसहित कम्पनीका छ जना कर्मचारीविरुद्ध बुधवार मुंबई पुलिसले कपीराइट (प्रतिलिपि अधिकार) ऐन उल्लंघन सम्बद्ध एउटा मामलामा मुद्दा दायर गरेको छ ।

यो मुद्दा बलिउड फिल्मनिर्माता सुनील दर्शनले दायर गरेका हुन् । उनले आफ्नो याचिकामा गूगलले एक जना अनधिकृत व्यक्तिलाई उनको सन् २०१७ मा रिलिज भएको ‘एक हसीना थी, एक दीवान था’ को यूट्यूबमा अपलोड गर्न मन्जुरी दिएको आरोप लगाएका छन् । यही विषयलाई लिएर उनीहरुविरुद्ध कपीराइट ऐन अन्तर्गत मुद्दा दायर भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

फिल्मनिर्माता सुनिलले बलिउडलाइफलाई दिएको अन्तरवार्तामा यो मुद्दा आफ्नो एउटा सिनेमासँग सम्वन्धित् रहेको छ र यो सिनेमाले युट्यूवमा अर्बौंको संख्यामा भ्यूअर्स पाएको थियो ।यस विषयमा कपीराइट दावी गर्न इमेल लेख्नुका साथै धेरै कोसिस गरेको तर गूगलबाट कुनै जवाफ पाउन नसकेको बताएका छन् ।

उनले यसबाट आफ्नो पुरा हक हनन् भएको पनि बताएका छन् ।

गूगलका सीईओ विरुद्ध यस्तो समयमा मुद्दा दायर भएको छ जवकि एकदिन पहिले भारत सरकारले उनलाई पद्म भूषणबाट सम्मानित गरेको छ ।उनी मात्र नभई माइक्रोसफ्टका सीईओ सत्य नडेला पनि पद्म भूषणबाट सम्मानित भएका छन् । एजेन्सी

यो पनि हेर्नुस् :

प्रतिलिपि अधिकार र यसका तत्त्व

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement