माघ १३, काठमाडौं । हात्ती ८ स्ट्रङ्ग बियरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रमका बीच ‘‘हात्ती मेरो साथी” टिकटक च्यालेन्ज सम्पन्न गरी विजेताहरू घोष्णा गरेको छ ।
उक्त च्यालेन्जमा भाग लिन सहभागीहरूले टिकटकमा उपलब्ध ‘‘हात्ती मेरो साथी” को गीतमा नाचेर आश्विन १५ देखि मंसिर १४ गतेभित्र टिकटक भिडियो अपलोड गरेका थिए ।
सर्वाधिक लाईक प्राप्त गरि पहिलो हुन सफल जानकी कुमारी बरालले नगद १ लाख रुपैया, दोस्रो हुन सफल चन्द्र कुमारी फुयाल (हजुरआमा)लेनगद २५ हजार तथा तेस्रो हुन सफल सुरुची श्रेष्ठले नगद १० हजार पाएका छन् । ती तीनै जना विजेताहरुले २ रात/ ३ दिनको सौराहा भ्रमणको प्याकेज पनि पाएको कम्पनीले बताएको छ ।
उक्त प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट आएका विभिन्न उमेर समूहका थुप्रैले बनाएको नाचेको टिकटक भिडियोहरू ३० लाखभन्दा बढी पटक हेरिएको थियो । हात्ती ८ बियर जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गत सञ्चालित राज ब्रुअरी प्रालिद्वारा उत्पादित स्वदेशी प्रिमियम स्ट्रङ्ग बियर हो ।