ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लाभांश घोषणा गरेसँगै नेशनल लाइफ इन्स्योरेन्सको सर्वाधिक रू.१५ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री

२०७८ माघ, १३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

माघ १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार खुलेको तीन घण्टाको अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक धितोपत्र खरीदविक्री भएको हो । सो अवधिसम्ममा कम्पनीको रू. १५ करोड ६५ लाख ३१ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १३८ मा कारोबार भइरहेको छ ।

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १८ रुपैयाँले वृद्धि हो । कम्पनीले बिहीवार लाभांश वितरण गर्ने घोषणा गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट  १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । 
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement