माघ १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तीन घण्टाको अवधिमा पोखरा फाइनान्ससहित पाँच ओटा धितोपत्रको शेयरमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये पोखरा फाइनान्ससहित कुमारी इक्विटी फण्ड,अपि पावर कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट डेभलपमेण्ट कम्पनी(एचआईडीसीएल) र एनएमबि फिप्टीको इकाईमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा धितोपत्रमध्ये कुमारी इक्विटी फण्डको ५ लाख ५२ हजार ३०५ इकाई खरीद माग रहेको छ । त्यसैगरी अपि पावर कम्पनीको ३ लाख ७ हजार ८७९ कित्ता,पोखरा फाइनान्सको २ लाख ९० हजार २७३ कित्ता, एचआईडीसीएलको २ लाख ५७ हजार ३४८ कित्ता र एनएमबि फिप्टीको १ लाख ८२ हजार ६७५ इकाई खरीद माग रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १३ दशमलव ३७ अंक बढेर २ हजार ७९० दशलमव शून्य १ विन्दुमा रहेको छ भने कुल २ अर्ब ६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।