ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मेगा क्यापिटलको सहजीकरण सेवा

२०७८ माघ, १४  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । मेगा क्यापिटल मार्केट्सले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघुवित्त, जलविद्युत् तथा उत्पादनमूलक कम्पनीको संस्थापक  सेयर खरिद(बिक्रीका लागि सहजीकरण सेवा सुरु गरेको छ ।

यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसेर कम्पनीको फोन, इमेल वा मेगा क्यापिटल मार्केट्सको  फेसबुकमा म्यासेन्जरमार्फत म्यासेज पठाउन सक्नेछन् ।

धेरै लगानीकर्ता संस्थापक सेयर साधारण सेयरजस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थ र असहज हुँदा शेयर सम्पत्ति बन्धक भएका एवं आवश्यकताअनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न झन्झट हुने गरेको छ ।

बिक्रेता र लगानी अवसर खोजिरहेका अन्य लगानीकर्ताबीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवा उपलब्ध गराउन कम्पनीले सेयर बजारमा नयाँ सेवा सुरु गरेको हो । यसले ग्राहक तथा प्रमोटर सेयर खरिद(बिक्री गर्न इच्छुक लगानीकर्तालाई राहत मिल्ने विश्वास कम्पनीको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement