ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुनको मूल्य घट्ने क्रम जारी : शुक्रवार पनि ९०० रुपैयाँको गिरावट 

२०७८ माघ, १४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

माघ १४, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. ९०० ले घटेको सुनको भाउ शुक्रवार पनि सोही अंकले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ५०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ९०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९३ हजारमा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार २९० मा कारोबार भएको चाँदी शुक्रवार रू. २५ ले घटेर रू. १ हजार २६५ किनबेच भइरहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement