ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै समीट लघुवित्तको नाफा शतप्रतिशत बढ्यो

२०७८ माघ, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

माघ १४, कामाडौं । समीट लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा शतप्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड २४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८ करोड ५० लाख पुगेको हो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा मिलेको हो । खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ दशमलव ५९ प्रतिशत र सञ्चालन नाफा १०२ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । 

कम्पनीको चुक्ता पूँजी रू. ४९ करोड ४० लाख रहेको छ भने जगेडामा रू. १९ करोड ३० लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३ अर्ब ४२ करोड सापटी लिएर रू. १ अर्ब २४ करोड निक्षेप संकलन गरेर रू.५ अर्ब ४७ करोड कर्जा लगानी गरेको हो । 

त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३४ दशमलव ४४(वार्षिक) मूल्य आम्दानी अनुपात ३८ दशमलव ६४ गुणा, तरलता अनुपात ३ दशमलव ९० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव शून्य ७ रहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement