ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लक्जरी कार भन्दा महँगो मोटरसाइकल, भारतमा सार्वजनिक भयो ६४ लाख रुपैयाँ पर्ने होण्डा सुपरबाइक

२०७९ बैशाख, ८  
यातायात
Image Not Found
author avatar अभियान संवाददाता

चैत ८, काठमाडौं। होण्डा मोटरसाईकल तथा स्कुटर ईण्डिया (एचएमएसआई) ले आफ्नो नयाँ सुपरबाइक २०२२ होण्डा गोल्ड विंग्स टूर सार्वजनिक गरेको छ ।

हालै भारतमा सार्वजिक भएको मोटरसाईकलको शोरुम मूल्य ३९ लाख भारतीय रुपैयाँ छ ।  कम्पनीका अनुसार २०२२ होन्डा गोल्ड विङ टुर सुपरबाइक जापानमा निर्माण गरिएको हो ।  यसमा एयरब्यागसहित डुअल क्लच ट्रान्समिसन (डीसीटी) रहेको छ। नयाँ मोडल जापानबाट सीबीयू रुट मार्फत बिक्री हुनेछ। कम्पनीले यो बाइकको अर्डर लिन थालेको जनाईएको  छ । 
 

यस्तो छ  डिजाइन र प्रविधि
शार्प र आधुनिक स्टाइलिङ थिमका कारण होन्डा गोल्ड विङ निकै आकर्षक देखिन्छ । बाइकमा डुअल एलईडी फग ल्याम्पसहित फुल एलईडी लाइटिङ छ । यसबाहेक, बाइकमा ७ इन्चको फुल कलर टीएफटी एलसिडी  छ, जसलाई ८ लेभलसम्मको ब्राइटनेस एडजस्टमेन्ट गर्न सकिन्छ ।  यसमा आइडलिङ स्टप सिस्टम, हिल स्टार्ट असिस्ट जस्ता सुविधाहरू समावेश गरिएका छन्। 
 

इन्जिन र निलम्बन
नयाँ सुपरबाइक २०२२ होण्डा गोल्ड विंग्स टूरमा १ हजार ८३३ सीसी  फ्ल्याट-६  इन्जिन रहेको छ । यसले १२५ बिएचपीको पीक पावर र १७० एनएम अधिकतम टर्क उत्पन्न गर्छ। बाइकमा डी-सीबीएस र होण्डा सेलेक्टएवल टर्क कन्ट्रोल सिस्टम सहित ४ वटा ड्राइभिङ मोडहरू रहेका छन् । यो बाइक डीटीसी  गियरबक्सको साथ आउँछ।

भारतीय बजारमा एयरब्यागसहित २०२२ गोल्ड विङ टुर प्रस्तुत गर्दै एचएमएसआईका प्रबन्ध निर्देशक, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत अत्सुशी ओगाटाले वर्षौंदेखि गोल्ड विङले होन्डाको टेक्नोलोजीले अग्रणी मोडेलको रूपमा आफ्नो स्थिति बलियो बनाएको बताएका छन् । कम्पनीका अनुसार यस सुपरबाइकमा १,८३३ सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । एजेन्सी
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement