पोखरा । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ ।
मंगलवारदेखि सेवा शुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि निःशुल्क बस सेवा शुरु गरेको जानकारी दिएको छ ।
केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।
केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराहीचोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लनचोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ ।
केवलकारले बिहान ५ बजेदेखि नै सेवा शुरु गर्नका लागि यस्तो सुविधा प्रदान गर्न लागेको जानकारी गराएको छ ।
सराङकोटको डाँडाबाट माछापुच्छ्रे लगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटकको लागि यो सुविधा प्रदान गर्न लागिएको कम्पनीले बताएको छ ।