ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

खाडी देशहरूमा नेपाली फ्रिज निर्यातको सम्भावना छ

२०७९ बैशाख, २५  
१० वर्ष अघि
NA

हामी यस्ता वस्तुका उत्पादन गर्दै आएका छौं जसको धेरै माग हुनु वा धेरे बेच्नु मात्र ठूलो कुरा होइन । विक्री गरिसकेपछि ग्राहकलाई दिने सेवासँग यस व्यापारको गहिरो सम्बन्ध हुन्छ । यसैले माग र आपूर्तिलार्ई समेत प्रभावित गरिरहेको हुन्छ । एयरकन्डिशनमा विक्रीपछिको सेवा उपयुक्त भएन भने व्यापार टिक्दैन । यो व्यवसायमा प्राविधिक पक्षको ठूलो हात रहने गर्छ । प्राविधिकतर्फ लगानीसमेत बढी हुने गर्छ । हामीले त्यस कुरामा विशेष ध्यान दिने गरेका छौं । यसकारण पनि हाम्रो उत्पादनको माग र आपूर्तिबीचका समीकरण राम्रो छ भन्ने लागेको छ ।

यो व्यवसाय सञ्चालन गर्न चाहने धेरै थिए । तर केही कम्पनीहरूबाहेक अरू आउन सकेनन् । हाल व्यावसायिक हिसाबले दुई तीनवटा कम्पनी मात्र सञ्चालनमा छन् । तर पसल खोलेर बस्ने कम्पनीहरू भने लगभग २० को हाराहारीमा छन् । मैले शुरूमा नै भनेँ व्यवसाय शुरू गर्नु मात्र ठूलो कुरा होइन, यसलाई स्थायित्व पनि दिन सक्नुपर्छ । स्थायित्व तब मात्र सम्भव हुन्छ जब प्राविधिक एवं विक्रीपछिको सेवाले ग्राहकलाई सन्तुष्टि दिन सकिन्छ । एयर कन्डिशनको व्यवसाय सञ्चालन गर्न अरूभन्दा निकै गाह्रो छ । यस कारण पनि कम्पनीको संख्या त्यति धेरै छैन । हामी उत्पादन गर्दा परिमाणलाई भन्दा गुणस्तरलाई बढी जोड दिन्छौं ।

(हिमाल रेफ्रिजरेशन एन्ड इलेक्ट्रिकल इन्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक विजयकुमार चौधरीसँगको कुराकानीबाट)

वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement