ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनशीप सोमवारदेखि शुरु हुँदै 

२०७९ बैशाख, २५  
बजार खेल विविध
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २५, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–२०२२ को सातौं प्रतिस्पर्धा सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनशीप सोमवारदेखि शुरु हुँदैछ ।

काठमाडौंको गोकर्ण गल्फ क्लबमा सो प्रतियोगिता शुरु हुनेछ । प्रतियोगिता बिहीवारसम्म चल्नेछ । प्रतियोगिता ७२ होलमा खेलिनेछ । ३६ होल पूरा भएपछि कट लागू गरिनेछ । शीर्ष स्थानमा रहेको २१ जना प्रो र बराबरी खेल्ने गल्फरका साथै अमेच्युअर र प्रो कटमा जीवित रहने ६ जनासमेत अन्तिम ३६ होलको यात्रामा सहभागी हुन सक्नेछन् । 

कुल ७ लाख ७५ हजार रुपैयाँ बराबरको नगद उपहारका लागि ३२ जना पेशागत गल्फरहरु भिड्नेछन् । प्रतियोगिताको विजेताले १ लाख ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । रनर अपले ८८ हजार हात पार्दा तेस्रो स्थानमा रहने खेलाडीले ६५ हजार प्राप्त गर्नेछन् ।

शीर्ष  २१ मा रहने र बराबरी खेल्न खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा १४ जना अमेच्युअर खेलाडीहरुले पेशागत गल्फरहरुसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा शुक्र बहादुर राई, भुवन, नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, धन थापा, रामे थापा र रवि खड्कालगायत गल्फरहरु सहभागी हुँदैछन् ।

१३ औं दक्षिण एशियाली प्रतियोगिताका दोहोरो स्वर्ण पदक विजेता सुवाश तामाङ्गका साथमा शाद्भव आचार्य, ताशी छिरिङ, वाङ्चेन दोन्दूप र विजय श्रृष्ठ  इनिहाउस पनि सहभागीका रुपमा रहेका छन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement