ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन

२०७९ बैशाख, २६  
कर्णाली प्रदेश
NA

सुर्खेत । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीय स्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व संकलन भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न आएका थिए । २०७८ वैशाख–पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्न एक लाख ५१ हजार २८२ आन्तरिक र ५५ बाहय पर्यटक आएका थिए । उनीहरूबाट रू. २१ लाख ७१ हजार राजस्व संकलन भएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीले जानकारी दिइन् ।

त्यस्तै, २०७८ वैशाख–पुससम्म काँक्रेबिहार घुम्न एक लाख ७४ हजार ३६९ आन्तरिक र १२ बाह्य पर्यटक आएका थिए । उनीहरूबाट ६ लाख १८ हजार राजस्व संकलन भएको थियो । वीरेन्द्रनगरस्थित प्रादेशिक शहीद उद्यान पर्यटकीय स्थल घुम्न आउने १६ हजार २०० आन्तरिक पर्यटकबाट चार लाख ५० हजार राजस्व संकलन भएको छ । गत चैतसम्म माथिल्लो कर्णालीको मुगु रारातालमा १३ हजार ११३ आन्तरिक र ६६ बाह्य पर्यटकले दृश्यावलोकन गर्दा ९ लाख ३३ हजार राजस्व संकलन भएको छ ।

साउन–मङ्सिरसम्म दैलेखको गुराँस गाउँपालिकाको गुराँसे भ्यूटावर हेर्ने आउने ६ हजार १४९ आन्तरिक पर्यटकबाट तीन लाख सात हजार राजस्व संकलन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीका अनुसार १० जिल्लाका पर्यटकीयस्थलको विवरण आउन बाँकी छ । ‘आगामी वर्ष २०७९/८० मा बाह्य पर्यटक आकर्षणका लागि ‘एक जिल्ला, एक पर्यटकीय उपज’ नीति लिएर पर्यटन प्रवर्द्धन र पूर्वाधारका योजना तथा कार्यक्रम बनाउँदै छौं,’ उनले भने । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement