ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बैंक तथा लघुवित्तका कर्मचारी पनि खटिए चुनावमा

२०७९ बैशाख, २६  
मधेश प्रदेश
NA

रौतहट (अस) । आसन्न स्थानीय तहको निर्वाचनमा बैंक तथा लघुवित्त कर्मचारी पनि खटिएका छन् । निजामती तथा शिक्षण संस्थासँग आबद्ध कर्मचारी निर्वाचनमा खटिएका बेला बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि परिचालन भएका हुन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई जिल्ला निर्वाचन कार्यालय, रौतहटले मतदानमा खटाएको हो ।

कर्मचारी निर्वाचनमा खटिएपछि वित्तीय क्षेत्रको सेवा प्रवाह प्रभावित भएको छ । मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई शुक्रवार दिइएको तालीममा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी पुगेपछि बैंकमा पुगेका सेवाग्राही मार्कामा परेका हुन् । बैंकका कर्मचारी तालीममा गएकाले शुक्रवार कारोबार नै प्रभावित भएको सेवाग्राहीको गुनासो छ । निजीक्षेत्रका अन्य बैंक भने शुक्रवार खुला थिए ।

जिल्ला  निर्वाचन  कार्यालयका प्रमुख  निर्वाचन अधिकारी छोटेलाल  दासले कार्यालयमा बाधा नहुने गरी कर्मचारी खटाइएको दाबी गरे । कार्यालयमा बाधा पुग्ने अवस्था आएमा तुरुन्त खबर गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई भनिएको उनले बताए । बैंक तथा लघुवित्तका कर्मचारीलाई थोरै संख्यामा खटाइएको उनको भनाइ छ । उनका अनुसार यसअघिको निर्वाचनमा पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारी खटाउने गरिएको थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement