ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘जग्गा प्राप्ति नहुँदा प्रदेश गौरवका योजनामा अवरोध’

२०७९ बैशाख, २६  
गण्डकी प्रदेश
NA

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका योजनाका लागि जग्गा प्राप्ति नहुँदा योजनामा अवरोध भएको बताएका छन् । प्रदेशको अर्थ मन्त्रालयले हालै पोखरामा आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले संघ सरकारले अहिले पनि जग्गा उपलब्ध गराउन नसकेकाले धेरै विकासका योजना प्रभावित भएको उल्लेख गरे । ‘सरकारसँग जग्गाप्राप्तिका लागि माग गरेको लामो समयसम्म पनि प्राप्त नहुँदा विकासमा अवरोध उत्पन्न भएको छ । सरकार परिवर्तन भए पनि नीति नियम अझै परिवर्तन हुन नसक्दा सोचेअनुसार विकास गर्न सकिएन,’ उनले भने ।

अर्थमन्त्री रामजीप्रसाद बरालले नयाँपन दिनुपर्ने, अनिवार्य दायित्व र बहुवर्षीय योजनालाई प्राथमिकता दिने गरी बजेटको तयारी गरिएको बताए । प्रदेशलाई बलियो बनाउनु सबैको दायित्व भएकाले सकारात्मक सुझावको अपेक्षा सरकारको रहेको उनले उल्लेख गरे । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै सरकारले विकास बजेट खर्च गर्न नसकेकाले देशमा हाल आर्थिक तरलता संकट भएको बताए । प्रदेश र स्थानीय तहको करीब साढे तीन खर्ब बजेट सरकारी बैंकमा रहेको उल्लेख गर्दै उनले कोरोना प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन छोटो समयमै ठूलो नतीजा दिन सक्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्लेले दशैं पर्वका लागि मात्र घर जाने उद्देश्यले निर्माण हुने सडक निर्माण रोक्नुपर्ने बताए । फेवातालमा फुट ट्र्याक निर्माण गर्न सके पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने उनको भनाइ थियो । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement